400bc बारेमा
यो नेपाली भाषाका वेब पृष्ठहरू खोज्ने प्रणाली हो। यसले आफैँ वेब क्रल गर्छ, आफ्नै अनुक्रमणिका बनाउँछ, र देवनागरी पाठलाई नेपाली भाषाअनुसार विश्लेषण गर्छ।
यो प्रोटोटाइप हो
अनुक्रमणिका सानो छ, त्यसैले धेरै खोजका नतिजा भेटिँदैनन्। नतिजा नआउनुको अर्थ त्यो पृष्ठ इन्टरनेटमा छैन भन्ने होइन — यहाँ अझै क्रल भएको छैन भन्ने हो। त्यसैले हरेक पृष्ठको फेदमा कति क्रल भयो भन्ने देखाइएको छ।
देवनागरी विश्लेषण
खोजशब्द र पृष्ठ दुवैलाई एउटै तरिकाले विश्लेषण गरिन्छ — NFC सामान्यीकरण, ZWNJ/ZWJ हटाउने, मात्रासहित शब्द टुक्र्याउने, र प्रत्यय हटाउने। त्यसैले नेपाल खोज्दा नेपालको लेखिएको पृष्ठ पनि भेटिन्छ।